geet gajal

गजल

यादगार जिन्दगी ..........!

जिन्दगी सबैको यादगार छ दिग दार नमान्नु साथी
जिन्दगी जितै जित छ कहिल्यै हार नमान्नु साथी

भेट्नु छुट्टिनु त यस्तै हो दुनियाँ को रिती
एक दुई बात बोल्दा बोल्दै प्यार नठान्नु साथी

संगितको सबै धुन छ हर कोहि जिन्दगीमा
कहिले आफुलाई टुकि्रएको तार नठान्नु साथी

सिमित जिन्दगीमा असिमित आशाहरु त हुन्छन
पुरा अपुरा यस्तैहो जिन्दगी दुनियाको भार नठान्नु साथी

जिन्दगी सबैको यादगार छ दिग दार नमान्नु साथी
जिन्दगी जितै जित छ कहिल्यै हार नमान्नु साथी

दुर्गा राई
भोजपुर माङ्गदिङ्ग

1 comment:

  1. राइ जी नमस्कार।
    यो गजलले तपाईंको सिल्पकारीतालाई
    झनै माथि उठाएकोछ। खारिदै गएकोछ ।
    "जीन्दगी को बारेमा"यतिराम्रो गजल को
    उठान गराउनु भयो मुरी मुरी धन्यवाद।
    नयाँ बर्ष २००९ को शुभकामना पनि छ है
    राइ जी।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)