geet gajal

गजल

तिम्रो त्यो सुन्दर रुप.......

बुझ्ने यहाँ कोही छैनन्, आँशु पिई बाँचेको छु
तिम्रो नै हो यो जीवन्, तिम्रै निम्ती साँचेकी छु ।

हृदयमा नअटाए के भो र! यादमा सजाई राखिदिनु
कसैलाई सजाई सक्यौ भने, भेट हुँदा हाँसी दिनु ।

तिम्रो माया पाउने आशले केही क्षणलाई बाँचेकी छु
तिम्रो नै हो यो जीवन्, तिम्रै निम्ती साँचेकी छु ।

चाहेको पाउनु भन्ने छैन, तिम्लाई मैले चाहेकी हुँ
नपाए सम्झी दिनु, अतितमा त पाएकी नै हुँ ।

तिम्रो त्यो सुन्दर रुप्, मनमा सजाई राखेकी छु
तिम्रो नै हो यो जीवन्, तिम्रै निम्ती साँचेकी छु ।

-बेनिका सुब्बा
धरमपुर्, झापा

1 comment:

  1. शब्द संयोजन राम्रो छ साथै रचना पठनिय पनि छ । तर यसलाई गजल नै भनिहाल्न चाँही अलिक नमिल्ला कि ? गजलको लागि चाहिने आधारभूत संरचनातिर ध्यान दिनु भयो भने अती उत्तम हुने थियो। जे होस् बेनिका जी, प्रयास राम्रो छ। साहित्यको कुन बिधामा आफुले कलम चलाऊने हो, त्यसको बारेमा थोर बहुत अध्ययन आवश्यक हुन्छ । जान्ने हुन खोजेको होइन, रचनात्मक सल्लाह र स्वस्थ प्रतिकृयाको रुपमा यसलाई लिनु हुनेछ भन्ने अपेक्षा राखेको छु।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)