geet gajal

गजल

तारीदेउन माझिदाई.........!

कति बसुँ पर्खिएर सधैं खोलावारी?
तारिदेउन माझिदाई मलाई पनि पारी

बोझै बोझ बोकी हिंडे सधैं जिन्दगीमा
थामिएन बोझ अझै बढीरह्यो भारी

रोपेको थें मैले फूल मनको बगैंचामा
तर आज भेंटे त्यहाँ निलकाडाको घारी

पसिनाले सिंचेको थें सानो एउटा घर
किन आज फाँडीदियौ मेरो घरबारी?

छाडी जाने निष्ठुरीलाई फर्काउने कानुन्,
थाहा छैन कहिलेदेखि हुने होला जारी ।

रबी प्राञ्जल
भाटभटेनी, काठमाडौं

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)