geet gajal

गजल

फूल चढाई देउरालीमा ......!


यही जुनि काफी भयो अर्को जुनि चाँहीन्न भो
पिरतिले रुनु रुवायो अब माया लाईन्न भो ।

धेरै गाएँ पिरतिका गितगजल तिम्रो नाममा
मन दुखाउने बैगुनीको भजनगान गाईन्न भो ।

भरे जुन लाग्छ यतै नलागेनी के भयो र!
अस्ताएको घाम छोप्न डाँडपारी धाईन्न भो ।

जती टेक्नु टेंके तिम्रो आगन्, पिढी मझेरीलाई
तिमीलाई भेट्न फेरी तगारोमा आईन्न भो ।

सत्य कसम खाँदा पनि सम्झिने ले बिर्सेपछि
फूल चढाई देउरालीमा झूटो कसम खाईन्न भो ।

किन रुन्छस "प्रकट" नरो लुम्ले भयो बिरानो गाउँ
जती रोए पनि 'अन्ना' यो जुनिमा पाईन्न भो ।

प्रकट पंगेनी,
कास्की, पोखरा

3 comments:

  1. Hi Prakat sir tapaiko Hk programme kasto rahyo?
    anyway tapaiko aru pani gajala haru padhna paau,

    Surendra Bhattarai "anamol"
    Damak-13, jahapa
    prsnt, USA

    ReplyDelete
  2. Pageni dai, Tapai ko Gajal onlime ma pani padhna pauda khusi lagekochha. wish u all the best

    ReplyDelete
  3. Hi Shiva Buddy

    This is extremely nice gajal. The previous one that you have written about a damsal and soap is more meaningful gajal. I get no words to praise you ! Keep it up Shiva ! I like your all creation.
    Ramji

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)