geet gajal

गजल

" मेरी हजुर ...................!!!"

लाख बिन्ती बिसाउँछु नरिसाइदेऊ मेरी हजुर,
अमृतमा ब्यर्थै बिष नमिसाइदेऊ मेरी हजुर।

भूल गरेछु माफ माग्छु,कान समाती उठ्-बस् गर्छु,
आगो लगाई यो मुटुलाई नजलाइदेऊ मेरी हजुर।

साना-तिना गल्तीहरु सम्झौताले छोप्नु पर्छ,
फराकिलो त्यो मनलाई नखुम्चाईदेउ मेरी हजुर।

ठूलो होइन,असल मान्छे हुने कोशीस गर्नु पर्छ,
निर्दोष आत्मा मर्छ जहर नपिलाइदेऊ मेरी हजुर।

चोखो माया मिस्सिएको कत्ति मधुर नाता थियो
न्यानो हाम्रो सम्बन्धलाई नचिसाइदेऊ मेरी हजुर !!!

-गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङ्ग -४, भोजपुर
Now: Fregate Island Private Victoria, Seychelles
Cell - 00248 797358
E-mail : ganeshkhadka2033@yahoo.com
Email : matribhoomi_rangamanch@yahoo.com

2 comments:

  1. hajur ko ho tyo jaskho laghi yatghi ramrho gazal wow luck one hummmmmmmmmm

    ReplyDelete
  2. I am just thinking some one when i read this Gazal may be my family ????or may be some one
    Any way nice one dear
    keep going on plz

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)