geet gajal

गीत

"गीत"



मनमा बसि मनै त खाएउ नी
हासी हासी रुई रने पारेउ नी
आफ्नै छायाले
ख्याल ठट्टा गरेर छाड्यो मायाले।

आधी खोला उर्लिन्दा मनमा हुन्थ्यो सन्चो
बिना बादल मनै भत्कि गईरन्छ पहिरो
मुटु चोरी मुटु नै खाएउ नी
जानी जानी पागल नै पारेउ नी
आफ्नै छायाले
ख्याल ठट्टा गरेर छाड्यो मायाले।

पिर ब्यथा हराउथो तिन्ले हासी खुसी बोल्दा
हासो भए बिना कसुर बाचा कसम तोड्दा
माया दिई माया मै खेलेउ नी
जुनी भरलाई बिरह छोडेउ नी
आफ्नै छायाले
ख्याल ठट्टा गरेर छाड्यो मायाले।

दिलिप योन्जन
अस्टिन, अमेरिका

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)