geet gajal

गजल

त्यो दोबाटोमा मेरो दाजुको बेवारीसे लाश छ,
दाजु भन्नु पाइनँ मैले रुनु पनि ठुलो त्रास छ!

नजानु है बटुवा भाई अशान्तीको भींडतिर,
त्यो भींडमा दाजुभाई मारी खेल्ने तास छ !

चुरापोते टुक्रीयो भाउजुको, काख रित्तियो आमाको,
अन्धकार र अधुरो बिधुवाको जीवन निराश छ !

जमिन्दारको ब्लात्कारले लखेटिइन बिधवा भाउजु,
आजकाल सडकको चिसो पेटीमा आमाको बास छ!

सपनीमा देख्छु रोइरहेको लुम्बिनिको बुद्व,
साँच्चै यो नेपालमा अशान्तीको मात्रै आभास छ!

सनम वीरही किराँत
बास्तिम्-२, भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)