geet gajal

गित

सधै बज्ने सारङ्गी यो आज बज्नै छाड्यो
संगीत रचि रहन्थ्यो सधै आज रच्नै छाड्यो
छिनियेछ सरङि यो रेताउ वने तार् छैन
खुसि सँग अब मेरो कुनै सरोकार् छैन

गाउँथ्यो जहिल्यै हिजो सम्म र्‍याइ र्‍याइ भाका
के भो के भो आज कुन्नि निदायेछन आँखा
छिनेको यो तार जस्तै सथमा कोहि यार छैन
खुसी सँग अब मेरो कुनै सरोकार् छैन

प्रकृति नै सुन्य लाग्छ सारङ्गी यो नहुदा
आकास जमिन पातल रुझे सारङ्गी यो रुँदा
घायल यो सरङि झै जिबनको सार् छैन
खुसि सङ अब मेरो कुनै सरोकार छैन

राज रोबेर्ट "अजनबी"
email- atm_sms6pal@yahoo.com

(राज रोबर्ट अजनबी लगायत बिभिन्न कलाकारहरु द्वारा लेखन तथा निर्माण गरिएको
एल्बम "संगम" को उत्ता-रोत्तर प्रगतिको कामना गर्दै सम्पुर्ण एल्बम युनिटलाई बधाई!!- भोजपुरे ब्लग परिवार)

3 comments:

  1. raj ji ramro git lekhnu vayeko rahichha, yesko sangit variyeko album sunna paye vagyamani hune thiye hola

    ranju sikkim india

    ReplyDelete
  2. raj ji tapaiko yo git kahile sunne ho hamile? ramro lekhnu vayo. kasari furchha ho yesto sabda haru?

    narendra subba,
    dhankuta now- uk

    ReplyDelete
  3. veri nice, pls keep it up

    garima,

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)