geet gajal

गजल

कतातिर लाग्ने होला मैले त दोबाटो भेंटे
काटिएका खुट्टासँगै आफुलाई लाटो भेंटे

बिहानसँगै निक्लेका हौ कता-कता पुग्यो साँझ
रात च्यात्न पनि आँफैमा नै फाटो भेंटे

रगत र पसिनाका कति कति धारा बगे
तर रोई रहेको मेरो आफ्नै माटो भेंटे

पुरानो त्यो घाउ अब निको भैसक्यो होला
यस्तै सोंछे थे तर भर्खर मात्र खाटो भेंटे

रुप सँग सौन्दर्यको अभिमान छोड तिमी
जुन छ त्यती राम्रो तर त्यस्मा टाटो भेंटे

-ललिजन रावल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)