geet gajal

गीत

"कथा भयो ए राजै"

आँगो माथि टेकेर देशै नचाएछौ
छोटो श्वास फेरेर संसार बचाएछौ
कथा भयो ए राजै हाम्रै गाँउ खाने
आगो माथि........ .............

तिम्ले पनि अलिकति खायौ नेपालको
उस्ले पनि पाए जति खायो नेपालको
खाँदा  खादा आधा सरीर रह्यो नेपालको
          
             अनिदो छु भन्नेले रातै कटायौ त
            सक्दिन म भन्नेले देशै अतायौ त
            कथा भयो ए राजै हाम्रै गाँउ खाने
            आगो माथि .................

मन्दिर जान्छन गुम्बा जान्छन त्यही नेपाली
चर्च जान्छन्, मस्जिद जान्छन त्यही नेपाली
आफु बाँच्न देशै भक्छन उहि नेपाली

लाडदिन म भन्नेले संसार लाडायौ त
अनपढ छु भन्नेले ग्रन्थै पढ्यौ त
कथा भयो ए राजै आफ्नै गाँउ खाने
आगो माथि..........................

देविन बाबु राई
बसाह -१ उदयपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)