geet gajal

गजल

।।गजल।। 





दु:खहरु भित्र लुकाइ बाहिर हाँस्न सिकेकोछु ।
जीवनबाट खुशीहरु फेर्दै  तास्न सिकेकोछु ।।

ऊमङ र खुशी सधैं पराई भएपछि  ।
दर्द पिडा सँग अचेल नाता गास्न सिकेकोछु ।।

भात्किएको  खाण्डहर  भग्नावशेष  मिल्काउदै ।
नबिनताको ढोका खोली कुरिती मास्न सिकेकोछु ।।

कति बस्नु अधयारोमा आफ्नै जीबन कुल्चिएर  ।
नौलो  बिहान बोलाउदै गजल बास्न सिकेकोछु ।।

दिब्य राज नयाघरे
भुल्के,लोक्सिराम (भोजपुर)
हाल:मलेशिया

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)