geet gajal

गजल

।।गजल।।



महामानव हरु पनि अब, मानवता ओछ्याउने भए
स्रष्टा र सृजना यि दुबै अब, अस्मिता खोच्च्याउने भए

देव तुल्य ठान्ने पिता प्रीय ति हिमालि छोरो
आफ्नै सगरमाथा, निर्धक्क होच्च्याउने भए

फरियाले पाउ नछोपे लाजले भुतुक्क हुने
मेरै कान्छी बहिनीहरु अब मेडी छोट्याउने भए

ब्रम्हाचारी हरु पनि अब, तरुनि कोट्याउने भए
बुढो के भो र मन्त्री ज्यु फेरि, उर्वसी पट्याउने भए

स्वार्थि कहाँ मरुन, ति मुकुण्डो धारीहरु
नबिन भै फेरि अब ठिक बेठिक खुट्याउने भए

देशले सरापेका हिजोका पत्रुहरु आज
अदालतमा उभ्दै फेरि, अधिकार छुट्याउने भए

अब घुन भै घातक हरुले, देश सिध्याउने भए
होश गर "बाबु" तँलाइ पनि, सोमरस झैं रित्याउने भए


देविन बाबु राई
बसाह -१ उदयपुर

हाल: मलेसिया

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)