geet gajal

गजल

।। गजल।। 


छचल्किने आधी गाग्री पानी जस्तो संसारमा ।
ठक्कर खाँदै बाँच्न गाह्रो जागिर थे'न भन्सारमा । ।

कुटो,गैति,पसनी र फरुवाको भरोसामा ।
रुखो-पाखो,खने-खोस्रे केही हुने अन्सारमा । ।

प्रभातको शित जस्तै ओशिला यि आँखाबाट ।
मनको खेतमा आशु रोपे घैया जस्तै असारमा । ।

तर खेत धाजा फाट्यो भदौरे  त्यो खडेरिले ।
त्यसैले त पाइला टेके प्रवासको टक्सारमा ।।


दिब्य राज नयाघरे

भोजपुर

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)