geet gajal

गजल


॥ गजल ॥



मेरी दिदी अर्को साल आउला तिहारैमा
मखमली फूलको माला लाउला तिहारैमा

अनेकताको बिजफाली हातमाहात मिलाएर
भैली गीत सँग संगै गाउला तिहारैमा

बिदेशीका बाजा होईन सारङ्गी र मादलबोकी
गाँउबेशीमा देउसी खेल्न जाउला तिहारैमा

हटे पछि अशान्ति यो नेपालको माटो बाट
संगै बसी सेलरोटी खाउला तिहारैमा

झिलीमिली जतासुकै शान्तिदिप बाल्दैहामी
बन्धुत्वले सारा संसार छाउला तिहारैमा


दुर्गा भुसाल
माकर-४ उपहार नगर
नवल परासी

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)