मन हुनेको धन हुँदैन धन हुनेको मन
जत्ती धेरै भए पनि भन्छन् छैन-छैन
कोही हेर्छन् खाली थाल,कोहिलाई सूनको गास
कोही हेर्छन् खाली थाल,कोहिलाई सूनको गास
रात बिताउने छानो हुन्न,कोहिको महल बास
सुख किने पाइएला, सन्तोष कहाँ पाउनू
मन नै बैरी भए पछि अन्त कहाँ जानू
भोको भन्छ डाँडा वारी अघाएको पारी
भोको भन्छ डाँडा वारी अघाएको पारी
बास बस्ने झुप्रो छैन के को खेत बारी
सबै बेश हुनेलाई नहुनेलाई छैन
सङ्लो पानी छैन हजुर,उमेर हेर्ने ऐना
धारा-कुवा,बाटो-घाटओ नहुनेले खन्छ
धारा-कुवा,बाटो-घाटओ नहुनेले खन्छ
मेरो सांध मिच्यौ कि त त्यही हुनेले भन्छ
बाच्नेलाई नून छैन,मर्नेलाई सून
चित्त सानो,मन सांघुरो यही मान्छेको किन ।
- गणेश खड्का "प्रतिक्षा"
तिवारी भञ्ज्याङ्-४ भोजपुर
हाल: भिक्तोरिया ( सिसेल्स )
wow what a mind blowing GEET .... plz keep it up.
ReplyDelete