geet gajal

गजल


इन्द्र नारथुङे

कहिले फूल भो जिन्दगी
कहिले भूल भो जिन्दगी

जता छाम्यो उतै दुख्ने
कहिले सूल भो जिन्दगी

अरुको स्वासले बज्नु पर्ने
कहिले बिगुल भो जिन्दगी

जहाँ टाँस्यो त्यही टाँसिने
कहिले तुल भो जिन्दगी

रात दिन झुण्डिनै पर्ने
कहिले झुल भो जिन्दगी

दुनियाले टेकी हिंड्ने
कहिले पुल भो जिन्दगी

राधा बिनाको कृष्ण मात्रै
कहिले गोकुल भो जिन्दगी

प्रेमको खातिर बग्नै पर्ने
कहिले मूल भो जिन्दगी

को आफ्नो  को बिरानो
कहिले हुल भो जिन्दगी

स्वर्ग बिनाको इन्द्रको के काम
आखिर टुलटुल भो जिन्दगी

हाल : मलेसिया

2 comments:

  1. Jindagi ko paribhasa dehrai nai tarikaa le dinu bhaye chha kkhsi lagyo, Indra jee dherai khusi lagyo tapaiko rachanaharu bhojpure blog maa padhna paauda, feri feri pani padhna paau,
    yonghang Naresha

    ReplyDelete
  2. indra g aaj voli ta tapai hamro samparka huna sakeko 6ina, ak palta samparka garna anurodh gardachhu, gajal ramro lagyo

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)