geet gajal

गीत

"तिम्रा काँध"

तिम्रा काँध जो चोमोलोङमा थम्छ
तिम्रा अत जो बिस्व मुटु कम्छ
तिमी हौ योद्द, तिमी हौ तिमी हौ जुझरु
तिमीमा बिरताको ताज जग्मगाउछ
 तिम्रा काँध .....................

दायाको खातिर बुद्द हौ तिमी
शाहीदको प्रतिक गंगालाल तिमी
पौरखी हातमा प्रतिभा बाँच्ने
कलाको पराख अरनिको तिमी
तर आफैमा आज अपबाद किन
आफैमा लाज छौ प्रतिघात छौ तिमी 
                             तिम्रा हात ती धरिला तरवार
                             तिम्रा मठ ती सहसका दरवार
          तिम्रा काँध .........................
भाई हो भाईलाई मर्नु हुँदैन
आफ्नै चेली नङगो पर्नु हुँदैन
आफु उभ्ने माटो टेकेर यहाँ भाई
ती छाती आमाको कोतार्नु हुँदैन
समर्को युग यो युद्दको संसार
जीवनमा कहिल्य हार्नु हुँदैन
                             तिम्रा हात जो ईतिहास लेखुन
                             तिम्रा आँखा सत्य सत्य देखुन
तिम्रा काँध .........................


देविन बाबु राई
बसाह-१ उदयपुर
हाल: मलेसिय

1 comment:

  1. YO BRO HARULE CHOMOLUNGMA BHANERA OVERAI GARYO YAR JATA HERYO CHOMOLUNGMA KINA BHANI RAKHNU PARYO CHOMOLUNGMA BAS SAGARMAATHAA BHANDA ABHI HALYO NI, KINA BIDESHI BHASALE SUSAJJIT GARNU HAMRO RASTRIYA SHAAN LAAI, KI TAPAIHARULAAI NEPAL MAA BIDESHI BHAYE RA RAMNA MAN LAGCHHA?

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)