geet gajal

गजल

अलिकति आँशु छ, रित्याएर लैजाऊ
मेरा सारा खुशीहरु, सिध्याएर लैजाऊ ।

मेरो भोक तिर्खा मेरो निद्रा लागिदेऊ
सक्ने भए मन मुटु उठाएर लैजाऊ ।।

बोझ यतै थपिदेऊ, थेग्ने म छँदैछु नि
तिम्लाई मिल्ने चीजहरु मिलाएर लैजाऊ ।।।

मेरो दिलमा छेकबार छैन तिम्रो लागि
दिलको कुना कुनासम्म आएर लैजाऊ ।।।।

मेरो सबै सके पछि तिम्रो याद पनि लैजाऊ
बाँकी मेरो इज्जत यो लुटाएर लैजाऊ ।।।।।

प्रकाश चन्चल्,
बाजुङ्ग्-२ छहरेखोला, पर्बत

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)