geet gajal

गजल

भमरा त आउने भए नि फूलहरु फुलेपछि
मनै त हो लोभिन्छ नि सुन्दर तन देखे पछि ।

किन हिंडछौ तर्की तर्की मनको चाह लुकाएर
मतलब के भो जीवन को बैंश ढले पछि ।।

यही हो जीवन बसन्तको आऊ हामी रमौ
उजाड हुन्छ भोली जीवन मनको इच्छा मरे पछि ।।।

जिन्दगीको यात्रा गर्न सहरा जसै चाहिन्छ नि
किन गर्छौ दोमन तिमी भित्री चाहना भए पनि ।।।।

आऊ मेरो अँगालोमा सधैँ साथ दिउँला
पछुताउनु पर्ला तिम्ले मेरो माया गुमे पछि ।।।।।

चन्द्र शेखर खतिवडा
पाँचगाछी-५ झापा
मेची, नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)