geet gajal

गित


"गित"

मलाई छोडि आज तिमी धेरै टाढा गयौ
हृदयको जलन मेरो झनै गाढा भयो

बादलुले ढाके हुन्थ्यो मैले देख्ने तिम्रो गाउँ
शिशा जस्तै टुटे हुन्थ्यो म भित्रको तिम्रो नाउ
मिठो मिलन हिजो जो थियो आज छोडि गयौ
हृदयको जलन मेरो झनै गाढा भयो

हुन्न रैछ देख्या कहिल्यै लेखेको नै मेट्नु पर्ने
पुर्पुरोमा जे छ त्यही साथमा लिई हिंड्नु पर्ने
मेरो मनको संसार तोडी धनी संसार रोजी गयौ
हृदयको जलन मेरो झनै गाढा भयो ।

बि. जे. बान्तवा राई / भोजपुर

2 comments:

  1. Hello B.J. Jee,

    Kina ho hajur laai biraktai lageko jasto chha ni, ko ho tyasari tapailai Dhoka dine? anyway tapai ko geet ramro lagyo. malaai tapaile nachine pani ma pani khotang kai hu hami najikai parinchha jasto chha, baDhai,
    Lenin Sangpang
    AL Riyadh

    ReplyDelete
  2. Lenin jee, just euta git samjhidinush,

    muhahhahaha.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)