geet gajal

गजल

गुलाफको पुष्प पत्र जिबन भरी छर्न मन लाग्छ!
था'है नपाई कसैले'नी सुबाश त्यो हेर्न मन लाग्छ!!

पुर्णेको चम्किलो त्यो उजेली झैं अधर् देख्दा!
बिज भै आँफै अन्कुराइ उसै भरी सर्न मन लाग्छ!!

को सक्छ छर्न उज्यालो अधरमा बसी काडाको काख!
गाह्रो सारो अझ गाह्रो त्यस्तै काम पो गर्न मन लाग्छ!!

चम्केका ति पहलमान र कुस्तिबाज त भारे भुरे!
आज भोली कसो कसो समय सँगै लर्न मन लाग्छ!!


दिब्य राज नयाघारे,
भुल्के लोक्सिराम, भोजपुर
हाल: मालेसिय 

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)