geet gajal

गजल




बिर्सन्छु भन्छु अतितलाई भुल्न सकिन ।
हरक्षण रमाउने मनहरु आज रम्न सकिन ।

आशुको थोपा थोपामा लुकेको भावना बुझ्न सकिन ।
खै थाहा छैन किन झर्छ आँशु थाम्न सकिन ।

जलिरहन्छ आत्माहरु सम्झनको छलहरुमा ।
तीनै छलसँग छल्किरहेछु निश्चल भै बग्न सकिन ।

जता तातै निरव देख्छु, कहिले फुल्न सकिन ।
लाग्छ शिशिर मात्र हो जीवन ! वाषन्तिक वहार ल्याउन सकिन ।
.
पाइला पाइलामा काँडा मात्र टेक्छु कदम चाल्न जानिन ।
इश्वरको बरदन हो वा दैबको अभिसाप ! जीवन जान्न सकिन ।

हजारौ आशाको मुनाहरु तुहिएर गए कतै लहराउन सकिन ।
असफलता नै जिउने साथी भयो सफलतालाई चुम्न सकिन ।
.
अन्जान (गंगा मगर)
जीतपुर,इलाम

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)