geet gajal

गीत : म भन्दिन .......


म भन्दिन आकाशको तारा झारि दिन्छु
कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्छु
संतोष मानी लिन्छ्यौ भने बरु
मानो होइन, पाथी होइन माया मुरी दिन्छु

धन दौलत दिउँ भने म सँग छैन
दिनु खानु मात्र पनि संबन्ध होइन
ज्यानै दिन्छु माग्यौ भने बरु
तर भन्ने छैन तिम्रो माया मारी दिन्छु ।

एकै गाँस् भए पनि बाँडीचुडी खाउला
लुगा फाटे मनै सँग टाली टुली लाउँला
दुबै मिली पौरख गरौ बरु
म भन्दिन जुन टिपी शिरमा सिउरी दिन्छु

म भन्दिन आकाशको तारा झारि दिन्छु
कसम खाँदिन सुनै सुनले तिमीलाई पुरिदिन्छु
संतोष मानी लिन्छ्यौ भने बरु
मानो होइन, पाथी होइन माया मुरी दिन्छु

गणेश खड्का "प्रतिक्षा"

तिवारी भञ्ज्याङ -४, भोजपुर,
हाल : भिक्टोरिया, (सिसेल्स)

1 comment:

  1. ganesh jee sari ramro lago so maila pane sar melauna koshis garako hoo galti haru6n pls bear with me ma tapaiko rangakarma ko sathi pane vako la ok

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)