geet gajal

गजल


सपनिमा देंखे तिमीलाई रातभरी रोएँ आमा
श्रद्वा भक्ती अस्रुधारा तिम्रो पाऊ धोएँ आमा ।

धेरै भयो नदेखेको कस्तो होला त्यो गाथ आमा
दुखी छौ कि कतै भनि तिम्रो माथा छोएँ आमा ।

पुरिन्छ कि खाडल भनि चरम गरीबको
आशिर्बाद लिई तिम्रो परदेशी भएँ आमा ।

नरुनु है सम्झी सम्झी छोरो छैन साथमा भनि
सुख दिन तिमीलाई नै दश धारा पिएँ आमा ।

माता तिर्थ औंसी रहेछ थाहा पाएँ मैले
टाढैबाट चोखो मनले तिम्रो चरण धोएँ आमा ।

नदेखे नि बात भयो दुर देशमा फोन बाट
अमृत सरी तिम्रो बाणी सुनी धन्या भएँ आमा ।

पुकार्नु है कुल देउता रक्षा क्षमा गर भनि
दु:ख माँस्न सुख ल्याउँछु यही अठोट लिएँ आमा।

गणेश खड्का
तिवारी भञ्ज्याङ-४, भोजपुर
हाल: भिक्टोरिया, सेचेल्लेस
सम्पर्क-००२४८ ७४९८१५

1 comment:

  1. Mata tirtha aausi ko din ma lekhnu baheko hola yo lekh.Sarainaai herdaya chune rahecha.hami sabailai mann paryo dherai dherai thax hajur laai.Aama shabda ko yati mito tarika le paribhasit garidinu bhaeko cha ki bidesh ma basnu hune sabai jana laai yo lekh le bhaav bhibhor bhanaidincha.Bhabisaya ma pani hami sabai le yastai mito ra prenadaye lekh ko aasha gardachau.
    Thanks alot.

    Yours sincerly
    Sanjana Gurung
    Deradun,India

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)