geet gajal

गजल

तिमीसँग टाढा हुँदा खिएको छु आज
मायाको सौगात भाचिएनी शुभकामना दिएको छु आज

मलाई जस्तै धोका अरुलाई भने नदिनु है
तिम्रो सुन्दर संसार होस् भनि आशा लिएको छु आज

बरपिपल छोई खाएको कसम चक्नाचुर भएपछि
पिंडै पिंडाले भरिएको जीवन जिएको छु आज

अरु सँग स्वर्णिम संसार सजाए पछि
बनावटी हाँसो हासी आँशु मात्र पिएको छु आज

तिमीलाई आफ्नो जीवन सुम्पिदा पनि छोडेपछि
अतितका बाचा बन्धन्लाई सिएको छु आज।



-डिल्ली रमण आचार्य
तुल्सीपुर-४, शिबनगर,
दाङ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)