geet gajal

गजल

पाईन्न रे देशको माटो कोशी नदी पारी ठुले
जता गयो उतै भेट्छु, खाली बलत्कारी ठुले

छिया- छिया भयो देश दुख्नु दुखी सक्यो हेर
बचाऊ ए! उठ भन्न छैन हिम्मतदारी ठुले

अझै कति जम्ने होला रगतको आहल यहाँ
सत्तामा बस्ने हरु छैनन जिम्मेवारी ठुले


शान्तिका अग्रदुत मरेका नै हुन कि कसो
छन कि फेरी जन्म दिने आमा चमत्कारी ठुले

बिश्वास कहाँ गर्नु र खै! मान्छे यस्तो भए पछि
जसो तसो कसै गरी, जोगाऊ पाखा तारी ठुले ।

खगेन्द्र भाबुक , तिम्मा -१, भोजपुर,
हाल- पाख्रीबास,
धनकुटा

1 comment:

  1. thank you very much yastai mitha rachana haru padhnapau desh ko byatha rakhatha kamkura ....yastai yastai
    yours .............
    shubhachintak

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)