geet gajal

गीत







आँफै सँग हजार युद्व लडे पनि जीत नभेटिदो रहेछ
मनभित्र जति पहिरो गएपनि प्रित नमेटिंदो रहेछ।

धेरै घुम्ती काट्दैं गए तिमीले एउटा मोडमा छोडि दियौ
हजार सपना बाँडेर तिमीले बाचा सबै तोडिदियौ
हजार जंघार तरेपनि एउटा भेलले छेक्दो रहेछ
शिखरबाट जती झरे पनि उचाई त्यो देख्दोरहेछ ।

मनभरिका तिम्रा सम्झनाले पिंडा बल्झिरह्यो
सारा यी सपनाहरु तिमी माथि अल्झिरह्यो
धेरै खोंजे जीवनका पृष्ठहरुमा त्यो कहानी लेखिएन छ
धेरै रोंजे नअस्ताउने सुर्य, त्यो बिहानि देखिएनछ।

राजेश राई

भोजपुर, हाल: धनकुटा

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)