geet gajal

गजल


घाँटी धेरै खस्खसायो तिम्ले कुरा काट्यौ कि ।
मनमा अर्कै प्रियतमा राखी मलाई ढाँट्यौ कि ।

हात्ती छाप चप्पल्, हात्ती उस्तै उस्तै देख्ने तिमी ।
भ्रमै पारी मह भनी अर्कै कुरा चाट्यौ कि ।

बिश्वासको अभाव छ शंका लाग्छ अचेल मलाई ।
मनभरि घातै घातको दाम्लो तिम्ले बाट्यौ कि ।

सिपालु छौ बनावटी कुरा बनाउन तिमी ।
झुटो मायापिरतीका फुल बुट्टा छाँटयौ कि ।

बाहिरी देखावटी माया मलाई देखाई ।
भित्री चोखो माया चाँही अन्तै कतै साट्यौ कि ।
.
.
मनु ठाडा मगर
धनकुटा,
हाल: काठमाडौं, नेपाल

4 comments:

  1. fantastic and nice gajal i really
    laugh a lot hahahahahaha stil i am laughing

    ReplyDelete
  2. क्या गजब छ बा गजल पनि त्यति सारै बेहोस भएन होला मनु जी अर्कै कुरा चाट्ने गरि हा हा हा, धेरै राम्रो प्रयास मलाई धेरै खुसि लाग्यो लाग्छ तपाइको मान्छेले बुझ्ने छ तपाइको ब्यथालाई बधाई।

    ReplyDelete
  3. changwa jee thankyou for comment kamtima hasi dinu bhayecha khusi lagyo,ani lingkupitang g hudo raicha nita hau manchhe haru testo pani hahaha ani mero prayas lai tapai harule ta bujhi dinu bhayo bhane pakkkai pani mero manchhe le ta jhan awasye pani bujhi dinu hunechha bhanne aasa gareko chhu.thankyou for comment.

    ReplyDelete
  4. मनु जी ,
    नमस्ते............
    गजल मेरो पनि बिधा हो। मुसलसल गजल राम्रो बनेको छ। काफिया र रदिफ पनि राम्रो लाग्यो।
    अनी मैले तपाईंको अरु लेखमा पनि कमेन्ट गरेको छु। समग्रमा गजल भावपूर्ण छ। धन्यवाद

    शान्तराम थापामगर
    कलंकीस्थान-१४,पो.ब.न-१९१७४ काठमाडौं ।
    ईमेल:shantaramt@hotmail.com

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)