geet gajal

गजल

नहुँदा तिमी गाउँमा सुनसान कस्तो भयो
आयौ घुमेर भन शहरमा कस्तो भयो ।

बर्षौ बितायौ किन भुलेर आफ्नो गाउँ
त्यस्तो कमलो मन भनन कस्तो भयो ।

जलनमा बसें आफु बहेन चिसो हावा
चन्चले बानी त्यस्तो शहरमा कस्तो भयो ।

सोधनी गर्दा मैले नबोली टार्ने मान्छे
जुधाई आँखा ठट्टा मजाक कस्तो भयो ।

धेरैमा भेट्दा खै त रमाईलो बोली यहाँ
गरिनौ तिमीले, यहाँ छुट्टीँदा कस्तो भयो ।

कल्पलता श्रेष्ठ
दियाले-३, ओखलढुङ्गा
नेपाल

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)