geet gajal

गजल.......!

"गजल"

भेट्न आउँ त बजारैमा लाम हुने हो कि
मेट्न आउँ त तिम्रो बचन जाम हुने हो की

कति छन तिम्रा साथी तिमीलाई माया गर्ने
न आउँ त तिम्रो सामु , घाम हुने हो की

संझी संझी पालै पालो कस्लाई मात्र डाक्यौ?
होड्बाजी गर्छन फेरी बदनाम हुने हो की

माया पनि कति मिठो सबै पागल हुने हो की
फेरी जीवन फालिएको खाम हुने हो की

सबैले कुरा काटी तिम्रै तारिफ गर्छन
आउँदा जाँदा देउराली त धाम हुने हो की

सिजन लामा
गढिथुम्का ब्यारेक्,
ईलाम,
मेची, नेपाल

1 comment:

  1. hello sijan ji namaste
    hajur ko Gajal padhe anikehi bhanan man lagyo Gajal mitho 6 shrijana ma hajur ka hat badhi rahun yahi 6 kamana
    damanta
    from birtamode

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)