geet gajal

गित.....!


"गाउँको खबर"
टीका चाम्लिङ
खोटाङ
हालः काठमाडौँ

धेरैपछि खबर पाएँ, सोचेँ माटो आयो
दूरदेखि घर फर्कने खुला बाटो आयो

घाम फेरि मन फुकाई डुल्दै छ रे उस्तै
गाउँ फेरि आँसु सुकाई खुल्दै रे उस्तै
ती सपना विपना भई केही पाटो आयो
दूरदेखि घर फर्कने खुला बाटो आयो

आशाहरु जिउँदै थिए यस्तो दिन आउँछ
नयाँ-नयाँ किरण फैली उज्यालोले छाउँछ
ती पीडाका ठाउँमा अब खुसी साटो आयो
दुरदेखि घर फर्कने खुला बाटो आयो ।

साभारः समयको रङ

1 comment:

  1. Chamling ji rahar ra sapana haami maajha rahi rahanchhan tara bastabikta kahile aaudaina hami bich

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)