geet gajal

गीत


चार भञ्ज्याङ अरुणतरी मुग्लान जानेलाई
चाँडै फर्की आउनु है मुग्लानिदाई
साकेला र च्याब्रुङपनि सेलाएर गयो
सयपत्री मखमली ओइलाएरै गयो,

एकादशी र माईबेनी मेला शुन्या-शुन्या रह्यो
गाउँघर र बनपाखा नि उजाड उजाड भयो
साथीसङ्गी सबैजना सोधिरहन्छन तिम्लाई
नबिर्से है साथीसङ्गी र बन-पाखा लाई
चार भञ्ज्याङ अरुणतरी मुग्लान जानेलाई
चाँडै फर्की आउनुहै मुग्लानी दाई
साकेला र च्याब्रुङ्ग................
सयपत्री मखमली..............


बाटो हेर्छन आमाबाबा छोरा आउँछ भनि
पर्खिरहेछिन नाना सिम्मा औंला गनी गनी
दक्षिणकाली देउराली भाकाल धेरै भयो
मुग्लानी नफर्किदा आशा खेरै गयो
चार भञ्ज्याङ अरुणतरी मुग्लान जानेलाई
चाँडै फर्की आउनुहै मुग्लानी दाई
साकेला र च्याब्रुङ्ग................
सयपत्री मखमली..............

बि जे बान्तवा राई
ठुलो दुम्मा-९,
भामल बस्ती
भोजपुर

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)