गीत
तिमी जस्तै जवानीमा फुल्न सकिनँ
तिमीले जस्तै गरी मैले भुल्न सकिनँ
भोक लाग्दा भोजन बनेँ प्यास लाग्दा पानी
लाग्थ्यो मलाई सँगसँगै बिताउँ जीन्दगानी
भवँरा झैं तिमीमाथि डुल्न सकिनँ
तिमीले जस्तै गरी मैले भुल्न सकिनँ
सुम्पिदिउँला लाली जोवान भन्थे तिम्रै हातमा
रमीरहुँ जस्तो लाग्थ्यो मलाई तिम्रो साथमा
कठोर रहेछ तिम्रो मन खोल्न सकिनँ
घर न घाटको भयो जीवन बोल्न सकिनँ
तिमीसँग खुशी साट्दै आँसु पनि सँगै पिउँला
लाग्थ्यो मलाई जवानीका बैंश पोखिदिउँला
तिमीले दिएको मायाभित्र घुम्न सकिनँ
तिम्रा ति बैंशहरुलाई चुम्न सकिनँ
सुमन वैरागी
हर्मी-९ गोर्खा
suman788@gmail.com
Subscribe to:
Post Comments (Atom)
good
ReplyDeletegood
ReplyDelete