geet gajal

गीत


तिमी जस्तै जवानीमा फुल्न सकिनँ
तिमीले जस्तै गरी मैले भुल्न सकिनँ

भोक लाग्दा भोजन बनेँ प्यास लाग्दा पानी
लाग्थ्यो मलाई सँगसँगै बिताउँ जीन्दगानी
भवँरा झैं तिमीमाथि डुल्न सकिनँ
तिमीले जस्तै गरी मैले भुल्न सकिनँ

सुम्पिदिउँला लाली जोवान भन्थे तिम्रै हातमा
रमीरहुँ जस्तो लाग्थ्यो मलाई तिम्रो साथमा
कठोर रहेछ तिम्रो मन खोल्न सकिनँ
घर न घाटको भयो जीवन बोल्न सकिनँ

तिमीसँग खुशी साट्दै आँसु पनि सँगै पिउँला
लाग्थ्यो मलाई जवानीका बैंश पोखिदिउँला
तिमीले दिएको मायाभित्र घुम्न सकिनँ
तिम्रा ति बैंशहरुलाई चुम्न सकिनँ

सुमन वैरागी
हर्मी-९ गोर्खा
suman788@gmail.com

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)