geet gajal

गीत

थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।

अनयास जिन्दगीमा कस्तो यस्तो मोड आयो ।
हिंड्न धेरै बाँकी थियो बाटो अन्त भयो ।।
थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।

आशु सबै सकी सक्दा रुन धेरै बाँकी रह्यो ।
आज बाट मेरो लागि धरती भासी गयो ।।
थाहै नदीइ आँफै बाट आफ्नो मुटु चुडाइ लग्यो ।
हुरी आइ मेरो सबै संसार नै उडाइ लग्यो ।।

चकेन्द्र राई कैदी
धनकुटा

1 comment:

  1. यस गीतमा लेखकले आफ्नो जीवनमा अनायासै आइपरेको दु:खद् समयको बारेमा वर्णन गर्नु भएको छ । लेख्दै गर्नु होला चकेन्द्रजी ।


    ***
    मेरो ब्लगको url http://merasirjanharu.blogspot.com बाट http://merasirjanaharu.blogspot.com भएको छ परिवर्तन गर्नुहोला । धन्यवाद ।।।
    ***

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)