geet gajal

गजल

मत आँफू देखि आँफै नै‏

मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे

न मेरो आफ्नो हो भन्नसकौं जून कुनै रहर छ
प्यासी रहरले प्यास बुझाई परपर सारेकि मान्छे

चिच्चाई चिच्चाई छिचोलीहिंडे मृत्‍युको परिदी लाई
मत मृत्‍युले नै बाटो बिराइ भाँका टारेकि मान्छे

अनमोल आस्थाभित्र कुञ्जियका अनेकौ विवस्था
विवस्थाको हुरीले खडेरीपारी घाऊ पारेकि मान्छे

मत आँफू देखि आँफै नै आज हारेकि मान्छे
अविरल बर्षाले चूटीचूटी भूईमा झारेकि मान्छे

गीता थापा (दोषी)
हाल-ईजरायल

1 comment:

  1. Gita G,
    sarai marmik 6 malai dherai man paryo, tara euta kuraa tapai kahilei har nasamjhanu jindagi harai har le sajieko hunna, kehi jit pani hunchha tyaha.

    Manjul

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)