geet gajal

गजल


अहीले
अभ्यस्त छु तर्न यहाँ आँशुको बाडी अहिले
स्बर्ग झै मान्नु पर्‍यो मरुभुमी खाडी अहिले|

दिन रातै संघर्स गरे जिउन कै खातिर
झनै घनघोर छिचोल्नु छ झाडी अहिले |

जिबन्त मलाई साथ दिन्छु भन्ने मान्छे तिमी
तर अफ्सोज कहाँ गयौ एक्लै छाडी अहिले |

थाहा छैन कता कता दौडी रहेछ आखिर
गन्तब्य हिन जिन्दगीको थोत्रे गाडी अहिले|

गरीब छ खिलाफी गुन्द्रीमा कटाउछु रात
कहाँ बाट ल्याएर आउ भन राडी अहिले|

खगेन्द्र "खिलाफी"
पाख्रिबास धनकुटा
हाल दोहा कतार

1 comment:

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)