geet gajal

गजल


हात देउ

निश्छल तिम्रो मलाई मन आत देउ|
चाहिदैन केही मीठा मीठा बात देउ |

तारे भिर बीच अन्योल परेको छु
मलाई जिबन्त दिगो तिम्रो हात देउ |

अगाध अघोर माया गर्छु तिमीलाई
जीवन भरी मलाई चोखो साथ देउ |

संसार भुली तिमी प्रति समर्पित छु
झुमी रहने तिम्रो मायाको मात देउ |

हुन्न गुनासो खिलाफी मन नपरे नी
सहन्छु मिनु जी सबको सामु लात देउ|

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा

2 comments:

  1. Ajab lekhak ko gajaba jodi....

    ReplyDelete
  2. kahile biha khana paincha holani? hajurharuko
    nice chha! keep it up

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)