geet gajal

गजल


हेर्न आए

फेरी आजपनि शहर बाट मलाई हेर्न आए।
संधैको त्यही घाउ लिई मनमा पेर्न आए।।

पहिलो चोटी आँउदा हुन्न भनी फर्काई दिएँ
मानब मन पग्लन्छ भनी खुसीले सेर्न आए।

नियाली हेरेँ गहिराई सम्म सबै ठिकै थियो
र त आफ्नाले भन्थे तेरो जिबन फेर्न आए।

गफै गफमा संगी भन्थे चिनेरमात्र बिहे गर्नु
थाहै छैन हाँसो की आँशु जीबनमा केर्न आए।

हाँसी खुसी बिताउँछु भन्थेँ दुई दिने जिन्दगी
उमेर संग दुख पिरले रात दिन घेर्न आए।

ईन्द्र पुन
कोल - ९, गर्खानी
रुकुम नेपाल

4 comments:

  1. ईन्द्र भाई धेरै खुशी लाग्यो, तिम्रो गजलहरु राम्रोछन यसरी नै प्रगती गर्दै जानु, तिम्रा गजलहरु सधैं निखारिने छन अझै अनी आफ्नो ख्याल राख्नु तिम्रो साहित्यिक यात्रााको सदा सदा म शुभकामना ब्यक्त गर्दछु ।मैले तिम्रो ईमेलको उत्तर दिन पाईन लामो ईमेल गरेको मा धेर धेरै धन्यवाद। म यही ब्लगमा तिम्रो उत्तर टाँसी दिदैछु कृपया माईन्ड नगरनु होला ।

    ReplyDelete
  2. इन्द्र पुनDecember 14, 2009 at 1:57 PM

    धेरै धेरै धन्यबाद सर
    शुभ कामनाहरु खानेर पठाउनु भएको प्रती उत्तरको लागी

    ReplyDelete
  3. indra ji namaskar!dherai dinko dhoko pura gardaichu indra ji ko gazal herne b4 thiyo ramro lagyo gazal gajabko chh indra ji pragatiko kamna chh yahalai pani."mridu"

    ReplyDelete
  4. इन्द्र पुनDecember 15, 2009 at 12:07 PM

    धेरै धेरै धन्यबाद मिना जी

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)