geet gajal

गीत


"कयौं घुम्ती जिन्दगीको"

कयौं घुम्ती जिन्दगीको यात्रा, संगै गर्न पाए हुन्थियो।
तिम्रो मेरो पिरतीको सागर्, सांगै तर्न पाए हुन्थियो ।।

कती खपुँ बियोग अब, तड्पिएर दिल जली सक्यो
कै'ले होला संयोग, एक्लिएर रुँदा आँशु रित्ती सक्यो
हिजो डुबेथ्यो चन्द्रमा, फेरी हामी बिच छाए हुन्थियो
तिम्रो मेरो पिरतीको सागर्, सांगै तर्न पाए हुन्थियो ।

वारी रहें मत, पारी रह्यौ तिमी, डुंगा बिचमै रह्यो
नियतीले किनारमा, छट्पट् गराई, दु:खै दिई रह्यो
तिम्लाई भेट्न बरु, माझी बनी जन्मेको भए हुन्थियो
तिम्रो मेरो पिरतीको सागर्, सांगै तर्न पाए हुन्थियो ।
कयौं घुम्ती जिन्दगीको यात्रा, संगै गर्न पाए हुन्थियो।
तिम्रो मेरो पिरतीको सागर् … … … … … … … ।।

अर्जुन दुङ्मेन्,
बगदाद्,इराक।

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)