geet gajal

गजल

माछा माछा भ्यागुताको खेल भयो माया
सफल प्रयोग गर्न लाग्दा फेल भयो माया।

आपसी सम्झौता भन्दा स्वनिणर्य ठुलो हुँदा
स्वतन्त्र हुँ भन्नेहरुलाई जेल भयो माया ।

मौसमि हुँदा रै'छन बिचार र अभिब्यक्ती
बर्षातको उर्लदो भेल भयो माया ।

मौका पाए चौका हान्ने रीत फास्टाउँदा
नियम संगत खेल भित्र झेल भयो माया ।

उठ्दा रै'छन ज्वाराभाटा हृदयको तरङ्गमा
मनका दन्दहरु बिच पेलाम पेल भयो माया ।

पर्शु "पृथक"
ईन्द्रपुर्-३ त्रीवेनी चोक,
मोरङ

1 comment:

  1. पर्शु "पृथक"जी, धन्यबाद, तपाईंको रचनाहरु निरन्तर पाईरहेका छौं तपाईंको अमुल्य रचनाहरु हाम्रा लाईब्रेरीमा संकलित भईरहेकाछन, तपाईंको सम्पुर्ण रचनाहरु एक-एक गर्दै प्रकाशमा ल्याउँदैनै जानेछौ यो बचनबद्वता तपाईंमा जाहेर गर्दछौ र आगमी दिनहरुमा आफ्नो अमुल्य रचनाहरु हामीलाई पठाउन नभुल्नुहोला। धन्यबाद।

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)