geet gajal

गजल

छलछलाउनु सुहागरातमा,,,,

मध्यरातसम्म उनलाई अल्मलाउनु सुहागरातमा
सुस्त-सुस्त ओंठ चुम्दै चल्मलाउनु सुहागरातमा|

समर्पणमा लोलाएका अर्धमुदित नयनसँगै
अँगालोमा बेरिएर, सल्बलाउनु सुहागरातमा।

नशा हो यो जवानीको चढ्न दिनुपर्छ शिखरमा
मदहोश-मदहोश हुँदै दुवै, ढल्मलाउनु सुहागरातमा।

जुनको किरण भित्र छिर्ला, चियो चर्चो गर्न दुईको
चुकुल लगाई आफ्नै ज्योती झलमलाउनु सुहागरातमा।

भन्ने कुरा भनि दिएँ, बाँकी कुरा आफैं बुझ
आँधीतुफानभन्दा बढी छल्छलाउनु सुहागरातमा।


बरिष्ठ गजलकार प्रकट पंगेनी
-कास्की, पोखरा

2 comments:

  1. अरे बाफ रे ॥ पगेनी दाई म त मरें नि लाजैले ॥

    ReplyDelete
  2. सम्पुर्ण भोजपुरे साहित्यिक ब्लगमा आफ्नो अमुल्य रचना पठाएर सहयोग गर्नु हुने मित्रहरुमा हामी भोजपुरे प्रकाशक समुहको तर्फबाट नमस्कार तपाईंहरुसँग पनि यस्तै रचना छ अनि पहिलो चोटी यो ब्लग हेरिरहनु भएको छ भने कृपया आफु सँगका पलहरु हामीसँग बाँड्नुहोस, भ्रमणको त्यो अबिष्मरणिय क्षणहरु, हृदयभित्रका उथलपुथल भावनाहरु कबिता बनाएर पोख्नुहोस वा गजल,गीत, रुवाई, मुक्तक, अनि कसैलाई हसाउँन चाहनु हुन्छ भने लेखीहाल्नुस चुटकिला अनि हामीलाई सरासर हाम्रो ब्लगको इमेल ठेगानामा पठाउन नभुल्नुहोला।

    धन्यबाद।
    सुखी रहनुहोस र अरुलाई पनि सुखी बनाउने प्रयासगर्नुहोस
    ईस्वर सदासदा तपाईंहरुको कल्याण गरुन।

    भोजपुरे ब्लग परिवार

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)