geet gajal

गजल

तिमीबिना प्यासी बनें,,,

प्यासी बनें तिमीबिना हाँसी देउन प्यारी
नछुट्टिने साईनो प्रीतको गाँसिदेउ न प्यारी

तिमीलाई सम्झिएर तिम्रो बाटो कुरी बस्दा
निभ्नै लाग्यो दियो उकासिदेऊ न प्यारी ।

देखें धेरै नजर लाउने, तिम्रो रुप माथी
दिलमा मेरै तस्बिर टाँसीदेऊ प्यारी।

दोबाटोमा पर्खिएर अघिपछि गरी-गरी
तिम्रो नाउँ लिनेलाई मासीदेऊ न प्यारी।

मलाई यहाँ एक्लै छोडी कतै जान्छ्यौ भने
आई मलाई फाँसी देऊ न मेरी प्यारी।

लोकप्रिय गजलकार -बिपिन किरण

2 comments:

  1. हेल्लो बिपिन ढाई नमस्कार
    तपैको गजल धेरै राम्रो छ

    योगेन्द्र
    धुपू-१ लेब्रंग
    संखुवासभा
    ईमेल- yogendra.yogen@yahoo.com

    ReplyDelete
  2. Bipin g tapaiko NA BIRSE TIMILAI, NA PAAYE TIMILAAI

    dherai raamro gajal bhayo jun sampurna nepaliharule maaya gare yastai gajala aru pani lekhnu hola dhanyabaad,

    Ramesh Aryal, Swindon/England.

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)