बुडाबाबु गोडाधुदै आशिष दिन्छन,,,,,,,,,
बुडाबाबु गोडाधुदै आशिष दिन्छन
सधैं खूशि राखेस नानी पत्तीदेबलाई भन्छन
पिठयुमा बोकी दाँजु बिदाबारी गर्छन्
गाल कहिल्यै नपार है? मेरी बहिनी भन्छन
बुडीआमा डोली चँढाई रुँदै भन्छिन
आज देखी पराई भयौ है छोरी
तिज है आउँदा लिनमा आउछ तिम्रोमा कान्छो भाई
दशै र तिहार आउँदामा चेली सम्झी आऊँ माइती कुर्ने छ ठुलो दाई
बुडाभयौ अब हामी डाँडा पारीका घाम
आजभोली भन्दा-भन्दै छोड्ने बेला भयो'यो ठाऊँ
मान राख्नु मान्यजनको आफ्नु धर्म ठानी
सेवा गर्नु सासु-ससुराको ईश्वरको रुँप जानी
पंञ्चे बाजासँगै छोरी घुंक्कघुंक्क नरोउँ
आसिस तिमीलाई हाम्रो सधैं साथमा बोकी जाऊँ
दु:खलाई नि सधैं छोरी सुख सम्झी जिउँनु
आँखाबाट आँशु झार्दै दुखीमन कहिल्यै नगर्नु
चेली दुखीमन कहिल्यै नगर्नु
गीता थापा
हाल : ईजरायल
Subscribe to:
Post Comments (Atom)
Wow Babbaal chha Madam, keep it up.
ReplyDeleteMalai pani yaada aayo mero bigata tapaaiko gita sa**gai.
ReplyDelete