geet gajal

गजल

अन्तिम सत्य,,,,,,,,

जिन्दगी त समयको खेल हो सबैले एक दिन हार्नु पर्छ
के छ र यहाँ आफ्नो भन्ने बस आफ्नो भनेर सबै टार्नु पर्छ

अनमोल यो अन्तर आत्म आत्मको पवित्र हाम्रो जिन्दगीमा
द्वष घृणा र घमण्ड होईन सदभावनाको बिरुवा उमार्नु पर्छ

कति खोज्छौ यो मानव चरित्र भित्र आफ्नै चित्रको विम्व
चित्रको विचित्र रंङ्ग माझ अव आफ्नै प्रतिविम्व उतार्नु पर्छ

दुःख सुखको मृत्यू सागर हो यो हाम्रो नश्वार जिन्दगी
रम्दै हाँस्दै खेल्दै हाते मालो गर्दै उस पार तार्नु पर्छ

जाने हरु कै पिडामा आज किन रुन्छौ साथी आशु झारी
अन्तिम सत्य मृत्यु हो एक दिन सबैले यो स्वीकार्नु पर्छ !!

तिनतले कान्छा दुर्गा

2 comments:

  1. Durga jee tapaaiko lekha satya ho gajala satya maancheh le marnai parchha ekadin Gald to see your agjal TNx.

    ReplyDelete
  2. तीनतले जी
    आफु तीनतले भए पनि गजल आफु भन्दा धेरै उचो तीनसय तले लेख्नु भएछ साह्रै जीवन्त लाग्यो
    मिठा मिठा रचना पस्किदै गर्नु होला

    बिमल गौतम
    मोरंग
    हाल साउदी अरेबिया

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)