geet gajal

गजल

अब यहाँ हामीले देशको काँचुली फेर्नु छ,
कती रुन्छ छाती पिटी मुसुक्क मुस्कान् हेर्नु छ ।

लागौं दिदीबहिनी दाजुभाइ एकै साथ् भई,
अन्याय परास्त गरी शान्तिको श्वास फेर्नु छ ।

एकै पटक एकै चिहानमा पार्नको लागि,
पापी र अपराधीको समूहलाई घेर्नु छ ।

भूमि र चेलीको अस्मिताको निम्ति लड्नै पर्ने भयो,
न्यायको बिधी मुनी लडाइ घाँटीमा सेर्नु छ ।

सिङ्गो गोर्खालीहरुको देश नेपाल झल्क्याई,
साँधमा काँडे तार अनी पर्खालले बेर्नु छ ।

अब यहाँ हामीले देशको काँचुली फेर्नु छ,
कती रुन्छ छाती पिटी मुसुक्क मुस्कान् हेर्नु छ ।

(देश नेपालको सिमा रक्षार्थ झै रहेका सिमा पिडीतहरुको हिम्मत र मागका एक आवाजस्वरुप ।)


- अर्जुन दुङमेन्
Bagdaad, IRAQ

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)