geet gajal

गजल

छातीभित्र तिम्रो तस्बिर......!

छातीभित्र मैले तिम्रो तस्बिर टाँसेको छु
तिमीसँगै भावनाको नाता गाँसेको छु।

यता आगो उता पानी बिच धारमा म
भित्र भित्रै रोए पनि बाहिर हाँसेको छु।

तिमिबिना कति साह्रो अध्याँरो यो संसार
मर्दै -मर्दै भए पनि अझै बाँचेको छु।

दीनदशाले पछ्याउन छोडेन यो जिन्दगीलाई
उसैसँग ताल मिलाएर मारुनी पो नाँचेको छु।

कति पिएँ अश्रुप्याला पिउँदै छु अझै पनि
अहिले सम्म तिम्रैलागि चोखोमाया साँचेको छु।

शशी लुमुम्बु

1 comment:

  1. tasbir ko bichamai maaya baschha, maaya base pachhi mana saatinchha, ani sashi jee k k saatinchha, ani jindagee sakinchha kharaanee waa maato bhaera tara tasbir ta jahile tahile aalo nai rahado rahechha sashi jee,,,,,,!

    ReplyDelete

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)