geet gajal

गजल

(गजल)


सोचेजस्तैनै होला भनि, खुशी बाँडे प्रहरमा
ब्युँझी भित्तो छाम्नु पर्‍यो, प्रियसिको शहरमा

खुशी सधैं फुलेकै थ्यो यो मनको फांट भरि
अस्थिर भो प्यारो जीवन्, नियतिको वहरमा

जती माग्यो उति दिएँ सधैं आफ्नो सम्झिएर
आकाशबाट जुन खस्यो, पुगिसरी यो कह्ररमा

त्यही प्रहरको सपनिले प्रतिघात गर्‍यो किन?
मेरै मुटु खोक्रो बनाई, चुकाई दियो रहरमा


तिम्रो माया थोरै थियो, पोखिएर भुईंमै सुक्यो
एउटा प्यसि बेहिसाब तिर्खाई रह्यो जहरमा

केशब "यानी" भोजपुरे

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)