geet gajal

गजल

।।गजल।।


आगनी पर ढक र मक सयपत्री फूलेको ।
नजिकै खेत धानका बाला लपक्कै झुलेको।।

भदोउरे घाम मधुरो किरण शितका थोपामा ।
हावाको झोक्का परेको क्षण मन्माछ घुलेको।।

। दशै र तिहार सामुन्ने आई मुस्कान फिजाऊँदा ।
खुशीको ऊन्माद तरङगहरु झन धेरै चुलेको ।।

स्मृती पाना पल्टाऊँछु कैले मनको मझेरी ।
सम्झना ताजै आऊँछ लोउ अझै भोजपुर डुलेको।।

तिहारमा फूल ऊनेर राख्नु दशैमा जमरा ।
सम्झेर दिदी आऊनेछ "भाइ" छैन है भुलेको।।


दिब्य राज नयाघरे
भोजपुर

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)