geet gajal

गजल


।।गजल।।




अघाएर टन्न तिमी
किन फेरी भोक माग्छौ।

दोबाटोमा भुले पछि
किन फेरी यात्रा सोध्छौ।

रुवाएर हासे पछि
किन फेरी दुख शोध्छौ।

पागल बनाई छाडेर
किन फेरी माया माग्छौ।

जिउदै मर्यो भन्नेले
किन फेरी बदनाम गर्छौ।

घरै आगो लगाएर
किन फेरी बास खोज्छौ ।


दिलिप योन्जन
देउराली-१ भोजपुर
हाल :Austin, USA

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)