geet gajal

गजल


तिमीलाई पर्खि आत्माको चौतारीमा बस्दै गर्छु
सपनिमा सँधै तिम्रै मन मन्दिर भित्र पस्दै गर्छु

सम्झनाको सागरमा धेरै डुब्छु म त क्यारे
यहाँ तिम्रो तस्विरलाई अङ्गालोमा कस्दै गर्छु

दिनमा नआए पनि म हरेक रातको समय
घरको वरिपरि चिसो शित वनी खस्दै गर्छु

संसारमा सवै भन्दा धेरैमाया तिमीलाई लाग्छ
माया तिमीलाई मदनले मुनालाई गरे जस्तै गर्छु

–प्रकाश ‘पुष्पक’ राई
बेल्टार–१, उदयपुर
हाल मलेसिया +६०१४९६५७६३४

No comments:

Your Comments

कमेन्ट मोडेरशन प्रकृयामा रखिएको छ तपाईंको कमेन्ट प्रकाशन हुन केही समय लाग्ने छ। र कमेन्ट दोहोर्‍याउन जरुरी छैन धन्यवाद र प्रतिक्रिया दिंदा जहीले सभ्य भएर दिनुहोला। - (भोजपुरे एडमिन परिवार)